दफा
बैंकलाई छूट र सुविधा
प्रचलित कानूनमा जुनसुकै कूरा लेखिएको भए तापनि बैंकलाई देहायको छूट र सुविधा प्राप्त हुनेछः– (क) बैंकको आम्दानी, पुँजी कारोबार, घरजग्गा, जायजेथा तथा सम्पत्तिमा सबै किसिमको कर, शुल्क तथा महसुल आदिमा छूट । (ख) बैंकले दिने कर्जा वा पुनर्कर्जाको लिखत रजिष्ट्रेशन गर्न परेमा रजिष्टे«शन दस्तूर नलाग्ने । (ग) बैंकसंग सम्बन्धित कुनै पनि लिखतमा आय टिकट टाँस्नु नपर्ने । (घ) बैंकको नोट, सिक्का, सुन, चाँदी तथा टकमरी गर्नको निमित्त प्रयोग हुने कागज, धातु, रसायन तथा अन्य वस्तुहरुको निकासी र पैठारीमा कुनै किसिमको कर, शुल्क, दस्तुर, महसुल नलाग्ने ।